टोकियो
जापानमा हुने १२ बर्ष मुनिका उमेर समुहको फुटबल प्रतियोगितामा सहभागि हुन जापान आईपुगेका नेपाली फुटबल खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा ) समन्वय समिति जापानले स्वागत गरेको छ ।
मंगलबार सांझ सिनओकुबो स्थित नेपाली रेष्टुरेन्ट पाराडाईजमा सम्पन्न भएको स्वागत कार्यक्रममा एन्फा समन्वय समिति जापानले नेपालबाट फुटबल खेल्न जापान आएका १२ खेलाडी एवं प्रशिक्षकहरुलाई उपहार सहित जितको शुभकामना प्रदान गरिएको समितिका संयोजक एव पूर्व राष्ट्रिय खेलाडी शिव खडकाले जानकारी दिनु भयो ।
संयोजक खडकाले पूर्व राष्ट्रिय खेलाडी एवं सगै खेलेका खेलाडी राजेन्द्र तामाङ प्रशिक्षकको रुपमा जापान आईपुगेकोमा खुशी डबल भएको बताएका थिए । कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी हरि ठकुरी, बसन्त गौचन एवं राजेन्द्र तामाङले आफ्ना बिगतका अनुभवहरु साटेका थिए ।
अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुन १२ बर्ष मुनिका १२ खेलाडीका साथमा नेपालबाट एक प्रशिक्षक एव टिम म्यानेजर सहित १४ जनाको टोलि जापान आईपुगेको छ ।