फुटबल खेल्न जापान आएका नेपाली फुटबल खेलाडीहरुलाई पर्वत समाज जापानद्वारा सम्मान

टोकियो

जापानमा १२ बर्ष मुनि उमेर समुहको फुटबल प्रतियोगितामा सहभागि हुन जापान आईपुगेका नेपाली फुटबल खेलाडीहरु लाई पर्वत समाज जापानले सम्मान गरेको छ ।

मंगलबार सांझ सिनओकुबो स्थित नेपाली रेष्टुरेन्ट पाराडाईजमा सम्पन्न भएको स्वागत तथा सम्मान कार्यक्रममा नेपालबाट जापान फुटबल खेल्न आएका १२ खेलाडी एवं प्रशिक्षकहरुलाई समाजले उपहार प्रदान सहित रात्रि भोजको पनि आयोजना गरेको पर्वत समाज जापानका कार्यबहाक अध्यक्ष मुक्तिराज रेग्मीले जानकारी दिनुभयो ।

एनआरएन आईसिसिका उपाध्यक्ष एवं पर्वत समाज जापानका सल्लाहकार महेश श्रेष्ठको प्रमुख आतिथ्यततामा सम्पन्न भएको कार्यक्रममा श्रेष्ठले समाजको तर्फबाट खेलाडीहरुलाई उपहार हस्तान्तरण सहित प्रतियोगितामा सहभागि गराउन महत्वपूर्ण भूमिका निभाउने बसन्त गौचन एव प्रशिक्षक राजेन्द्र तामाङलाई मायाको चिनो समेत हस्तान्तरण गरेको समाजाका उपाध्यक्ष राम बास्तालले बताउनु भयो ।

कार्यक्रमको सहजिकरण समाजका प्रवक्ता रविन शर्माले गरेका थिएभने कार्यक्रममा प्रशिक्षक राजेन्द्र तामाङ र बसन्त गौचनले आफ्नो धारण राखेका थिए ।

ताजा समाचार