टोकियो
सुदुरपश्चिम समाज सेन्दाई जापानको चौथो अधिबेसनबाट एलिस चन्दलाई अध्यक्षमा निर्वाचित गरि सम्पन्न भएको छ।
अधिबेसनले उपाध्यक्षहरु बिक्रम बहादुर चन्द,केशब पाण्डे सचिबमा केशब जोशी,सहसचिबमा मकेन्द्र सोराडी,कोषाध्यक्ष गंगा जोशी,सहकोषाध्यक्ष उकेन्द्र सिंह ठकुरी सदस्यहरुमा मुकेश कार्की,जनक बहादुर चन्द,बम बहादुर बोगटी,प्रशान्त धामी,दिपा जोशी,युबिका चन्द,मन्जु जोशी लाई सर्बसम्मत रुपमा चयन गरेको स्रोतले जनाएको छ।
समाजका अध्यक्ष भरत बमको अध्यक्षता तथा उपाध्यक्ष पुष्कर मान्यल सिहंको संचालनमा सम्पन्न उक्त कार्यक्रममा अतिथीहरु जनप्रगतिशिल मन्च सेन्दाईका अध्यक्ष तेज दाहाल,धर्मराज अधिकारी,केशब थापा,दिपक सापकोटा लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो।
अधिबेसनले बिनोद चन्द,रमेश भाट र भरत बम रहेको तिन सदस्यिय सल्लाहकार समिती समेत चयन गरेको समितीका सल्लाहकार बिनोद चन्दले जानकारी दिनुभयो ।
नेपालको सुदुरपश्चिम क्षेत्रबाट जापानमा रहेका दाजु भाई दिदिबिहनीको बिचमा एकता र भातृत्वको बिकाश गर्दै प्रदेशमा हुने हरेक प्रकारको सुख दुखमा सहयोग गर्ने संस्थाका नव निर्बाचित अध्यक्ष एलिस चन्द ठकुरीले बताउनु भयो।