काभ्रेली समाज जापानले उचाल्यौ हिमालयन गोल्ड कपको उपाधी

टोकियो

हिजो मार्च १९ तारिख जापानको टोकियो फुजीमोरी फुट्सल पार्कमा भएको चौथो हिमालयन गोल्ड कप मा ब्लु रे एफ सि लाई ट्राइबेकरमा ३-१ ले हराउदै काभ्रेली समाज जापानले पाँच लाख येनसहित कप उचालेको छ ।

त्यसैगरी दोस्रो हुने टिमलाई दुई लाख र कप, तेस्रो स्थानको लागी भएको खेलमा अल स्टार एफसिलाई कोइन टसमा हराउदै राइजिंग नेपालले १ लाख र कप जित्न सफल भएको क्लबका अध्यक्ष अखिल लामाले जानकारी दिनुभएको छ । जापान भरिको खेलप्रेमीलाई समेटेर गर्दै आईरहेको प्रतियोगितामा बिगतका वर्षहरुमा झैं यो पटक पनि ३३ टिमहरूको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी काभ्रेली समाजका सोबिन लामा, उत्कृष्ट किपर काभ्रेली समाजका सुरज के सि, उत्कृष्ट स्ट्राइकर ब्लुरे एफ सि का बिकास के सी, उत्कृष्ट डिफेन्डर राइजिंग नेपालका कमल मगर घोषित भए! साथै बिजेता टिमहरुलाई प्रमुख अथिति NRNA जापानका अध्यक्ष शिब प्रसाद पौडेल लगाएत अथितिहरु NRNA जापानका बरिस्ट उपाध्यक्ष नबिन न्युरे, NRNA जापानका महासचिब सिद्दार्थ पुर्ब नेपाली रास्ट्रिय फूटबल खेलाडि बसन्त गौचन द्वारा बितरण गरिएको क्लबका महासचिब मनोज श्रेष्ठले जनाकारी दिनुभयो ।

ताजा समाचार