टोकियो
जापानको राजधानी टोकियो सहितको कान्तो क्षेत्रमा शुक्रबार बाक्लो मात्रमा हिउ पर्ने सूचना जारी गरेको छ ।
कान्तो कोशिन क्षेत्र एवं तोहोकु क्षेत्रको एसिया प्यासेफिक क्षेत्रमा १० र ११ तारिक चिसो हावापानि सहित बाक्लो हिउपात हुन सक्ने सूचनामा जनाईएको छ । यसैगरी टोकियोको २३ वडाहरुमा पनि हिउ पर्ने अनुमान गरिएको छ ।
मौषम विभागका अनुसार कान्तो क्षेत्रमा ८ सेन्टिमिटर देखि टोकियोको २३ वार्डमा ३ सेन्टिमिटर सम्म हिउ पर्ने बताईएको छ ।