उपचारका क्रममा जापानमा मृत्यु भएका मदन कुमार श्रेष्ठको शनिबार अन्तेष्ठी सम्पन्न

टोकियो

जापानको कावासाकि शहरमा परिवार सहित बसोबास गर्ने पोखरा घर भएका मदनकुमार श्रेष्ठको शनिबार कावासाकि शहरमा नै अन्तेष्ठी सम्पन्न भएको छ ।

बिगत करिब एक दशक देखि सपरिवार जापानमा बसोबास गरेका ५२ बर्षिय श्रेष्ठ केहि समय अघि नेपालगई जापान फर्किएका थिए ।

साथि भाईहरुसग सजिलै घुलमिल हुन सक्ने श्रेष्ठले पेटमा समस्या आएपछि सामान्य अवस्थामा हस्पिटल भर्ना भएकोमा उनलाई बचाउन नसकिएको परिवारले जानकारी दिएको छ । उपचारका क्रममा स्वास्थ्यमा थप समस्या देखिको थियो । श्रेष्ठको उपचारका क्रममा नै मृत्यु हुन पुगेको कास्की पोखरा समाज जापानका अध्यक्ष संन्देश अधिकारीले निष्पक्ष न्यूजलाई जानकारी दिनु भयो ।

कावासाकी शहरमा नै श्रेष्ठको अन्तेष्टी सम्पन्न भएको छ । श्रेष्ठको परिवारलाई कास्की पोखरा समाज जापानको संयोजनमा रकम संकलनगरी परिवारलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

ताजा समाचार