टोकियो
जापानको पासपोर्टले विश्वको १ सय ९३ देशहरुमा सुविधा सहित प्राथमिकतामा परेपछि लगातार पाँचौं वर्ष पनि विश्वकै शक्तिशाली पासपोर्ट बनेको छ ।
हेनरी यान्ड पार्टनर्सले सार्वजनिक गरेको शक्तिशाली तथा कमजोर पासपोर्टको सूची तयार हुदां जापानको पासपोर्ट नं १ मा रहेको छभने तालिवानको शासन रहेको अफगानिस्तान पुछारमा रहेको छ।
जापान पछि दोस्रो र तेस्रो स्थानमा एसियाली राष्ट्र दक्षिण कोरिया र सिंगापुर छन्। युरोपका जर्मन र स्पेनी चौथो र पाचौ नम्बरमा रहेका छन ।
भिसा नलगाइकनै एवं पुगेर भिसा दिने (एराईभल) आधारमा भिषा प्राप्त गर्ने पासपोर्टलाई बलियो मानिन्छ ।