‘राई ईज किङ’राजेश पायल राईले, जनवरी १५ मा टोकियो तताउने

(फोटो-अर्जुन लामिछाने)

टोकियो

महाविर पुनले संचालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग पुर्याउने उदेष्यले चर्चित गायक राजेश पायल राईको जापान टुर अन्तरगत महत्वपूर्ण मानिएको टोकियोको कार्यक्रमको तयारी पुरा भएको छ ।

नेपाल आदिबासी जनजाति महासंघ जापान (नेफिन) ले बुधबार गायक राईको उपस्थितीमा आयोजना गरेको प्रेश मिट कार्यक्रममा राईले जापानवासि नेपालीहरुलाई १४ तारिकमा चिवा एवं १५ तारिक आईतबार टोकियमा हुने कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध गर्नुभयो ।

नेफिन जापानको अध्यक्ष संजिव राईको सभापतित्वमा सम्पन्न पत्रकार भेटधाटमा राष्ट्रिय आविष्कार केन्द्रको सहयोग हुने यो कार्यक्रममा सहभागि भईदिन गायक राईले जापानबासि नेपालीहरुलाई अनुरोध गर्दै सबैलाई सहभागि भईदिन चुलै निम्तो गरेका छन । राईले पत्रकार माझ अनुरोध गर्दै भने, गित संगितका माध्यमबाट नेपाल र नेपालीलाई सहयोग गरिने हुदा कार्यक्रम हेर्न आईदिनुहोला ।

गायक राईसगै नव गायिका सम्बृधी परियार र गायिका सविना योङहाङले पनि सागितिक प्रस्तुती दिनेछन ।

राई ईज किङको उपाधी समेत पाएका राईको जापान टुर २०२३ नाम दिएको कार्यक्रम अन्तरगत अब चिवा, टोकियो र ओकिनावमा सांगितिक कार्यक्रम आयोजना हुने नेफिन जापानका महासचिव शिशिर लिम्बुले जानकारी दिएका छन ।

बुधबार टोकियो सिनओकुबो स्थित रातोमाटो रेष्टुरेन्टमा सम्पन्न प्रेशमिटमा पनि गायक राईलाई हेर्न एवं फोटो खिचाउन ठुलो सख्यामा नेपालाहरुको उपस्थिती रहेको थियो ।

जापान टुर अन्तरगतको चिवा र टोकियोको टिकट बिक्रीसगै सांगितिक कार्यक्रमको सोधपुछ सन्तोष जनक रहेको कार्यक्रम संयोजक बुद्दी गौचनले जानकारी दिएका छन ।

ताजा समाचार