टोकियो
पर्यटकिय नगरी पोखरा एवं कास्कीबाट जापानमा बसोबास गर्ने कस्केलीहरुको संस्था कास्की पोखरा समाज जापानको आईतबार सम्पन्न ५ औ अधिवेशनले सन्देश अधिकारीलाई अध्यक्षमा चयन गरेको छ ।
टोकियोमा सम्पन्न अधिवेशनले आगमि कार्यकालका लागि वरिष्ट उपाध्यक्षमा अन्जु भन्डारीलाई सर्वसम्मात कार्यसमिति चयन गरेको छ ।
कास्की पोखरा समाजमा वरिष्ट उपाध्यक्ष नै अध्यक्ष हुने वैधानिक ब्यवस्था रहेको छ ।
कार्यसमितिको उपाध्यक्षहरुमा सुरेश लामिछाने,कमल वास्तोला ५-विशु भण्डारी, राजू पौड़ेल, दिपक सुनार, मनोज तिवारी, —भूपेन्द्र पराजुली, महासिचब सरोज कार्की सचिवमा जिवन पोखरेल कोषाध्यक्ष तोयानाथ ढकाल, सह-कोषध्यक्ष – सुर्य कडेल, सदस्यमा प्रेम दाहाल, विण्णु बस्नते, तारा नाथ बराल, कुल ल प्रसाद बस्तोला, कुमार सापक़ोटा, विजय गुरुङ, रमेश दाहाल,प्रभात सुवेदी र प्रदिप सापकोटा चयन भएका छन ।
२५ सदस्यीय कार्यसमिति रहने भएता पनि अधिवेशनको हलबाट २३ जना चयन भएकोछ भने बाँकी २ जना पछि मनोनयन गर्ने तय भएको छ ।
बिकास पौडेलको संयोजकत्वमा रहेको चार सदस्यि निर्वाचन समितिले निर्वाचित समितिको घोषण सहित सपथ गराएका थिए । समितिमा शिव प्रसाद पौडेल, बिकास श्रेष्ठ एवं मोहन पौडेल रहेका थिए ।
कास्की पोखरा समाज जापानको उदधाटन सत्रमा जापानमा क्रियासिल संघ सस्थाहरुको अध्यक्ष एवं प्रतिनिधी सहित कास्कीबाट जापानमा आई स्थापित ब्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कास्की पोखरा समाजका अध्यक्ष विश्व सुवेदीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिका मेयर धनराज आचार्यले अनलाईनबाट सम्बोधन गरेका थिए भने संचालन महासचिव विशु भन्डारीले गर्नु भएको थियो ।