टोकियो
जापानमा फेशन डिजाईनमा सक्रिय नेपाली युवा रोजिना मल्ले डिजाईन गरेका कलेक्सनहरु जापानिज मोडेलहरुले फेशन सोको आयोजना गरी सार्वजानिक गरिने भएको छ ।
नेपाल देखि नै फेशन डिजाईनमा रुचि भएका रोजिना मल्लले २०१८ देखिको डिजाईनहरुको कलेक्सन यहि डिसेम्बर २३ तारिक टोकियोको ओमोतेसान्दो स्थित फेशन प्रर्दशनी हलमा आयोजना गरिने मल्लले निष्पक्ष न्यूजलाई जानकारी दिईन ।
नेपालमा रहेको बहुसाँस्कृतिक विविधतायुक्त विशेषताले भरिएको नेपालको मौलिक पोशाक एवं पहिरनलाई जापानको फेशन बजारमा प्रवर्धन गर्दै नेपाललाई टेवा पुर्याउने उद्देश्यले मल्लले एकल फेशन शो’ कार्यक्रमको आयोजना गरेको मल्लले बताईन ।
मोडलिङ र फेशन डिजनाईनमा रुचि राख्ने मल्ल जापानिज भाषा विद्यार्थीकारुपमा सन् २०१४ मा जापान आएकी थिईन, मल्लले २ वर्षको भाषा कोर्स पश्चात फेशन डिजाइनमा ४ वर्षे कोर्स पूरा गरी विगत २ वर्षदेखि एउटा जापानी कम्पनीमा फेशन डिजाइनरकारुपमा कार्यरत छिन् । मल्ले जापानमा मिस युनिभर्स जापानका लागि लुगाहरु डिजाईन गरेको अनुभव छभने फेशन विक २०१९ मा पनि सहभागिता जनाएका छिन ।
जापानमा नेपाली बिद्यार्थीहरुको सख्या ठुलो भएपनि अलग पहिचान बनाउन चुनौतीहरुको सामना गर्नेहरुको सख्या सानो रहेको पाईन्छ तर मल्लले एकल प्रयासमा आयोजना गर्ने यस कार्यक्रममा भने मल्लाई टोकियो स्थित नेपाली राजदूतावास, नेपाल वायु सेवा निगम लगायत जापानिज सहित नेपाली अन्य संघसंस्थाहरुको साथ रहेको मल्लले जानकारी दिईन ।
कार्यक्रममा जापानिज कोरियोग्राफर सहित जापनिज मोडेलहरुले मल्लले तयार पारेका डिजाईनहरु दुई राउन्डमा प्रस्तुत गर्ने छन ।