नेपालीलाई सहयोग गर्ने जापानिजहरुलाई एनआरएन नागानोद्वारा सम्मान

टोकियो

जापानमा बस्ने नेपाली एवं नेपालमा नै गई नेपाल र नेपालीलाई सहयोग गरेका नागानो (केन) प्रान्तका जापानिज नागरिकहरुलाई एनआरएन नागानोले सम्मान गरेको छ ।

एनआरएन नागानो एवं नेपाली समाज नागानोले सयुक्त रुपमा गएको आईतबार नागानो प्रान्तमा नै कार्यक्रमगरी सम्मान गरेको हो । नागानो प्रान्तमा स्थाई घर भई नेपालका विभिन्न स्थान र विभिनन् क्षेत्रमा सहयोग गरेको भन्दै ४७ जना जापानिज नागरिकहरुलाई सम्मान गरिएको एनआरएन नागानो क्षेत्रका संयोजक नन्दराज रेग्मीले निष्पक्ष न्यूजलाई जानकारी दिनुभयो ।

सम्नानित हुने मध्येका ४ जना जापानिजहरुले नेपालीमा नै सम्बोधन गरेका थिए भने २ जनाले विभिन्न नेपाली गितहरु गाएर प्रस्तुती दिएका थिए ।

सम्मनित मध्येका ७५ बर्षिय चुनिहिरो फुरुहातले नेपालको सस्कार र सस्कृतीले लोभ्एका कारणले ४७ पटक नेपाल घुम्न गएको जानकारी दिदै नेपालबाट तपाईहरु जापान आई लगानि मेहनत एवं जापानिज अर्थतन्त्रलाई टेवा दिने काम गर्नु भएकोमा तपाईलाई हामिले सम्मान गर्नु पर्नेमा तपाईहरुले नै हामिलाई सम्मान गर्दा खुशी र मायाको महशुस भएको बताउनु भएको थियो ।

सम्मानित मासानोरी सुजुकीले नेपाली लोक तथा नेपाली चलचित्रका गित प्रसतुत गर्दै वातावरण रमाईलो हुन पुगेको थियो ।

त्यसैगरी योसिहिसा सावाईले नेपालीहरुको सहयोगि भावानले आफु निकै प्रभावित भएको वताउदै आफुले सकेको सहयोग नेपालमा गर्ने बताउनु भयो ।

अर्का तोबु सुयोसुले स्वंम्भु, सगरमाथा र नेपाली जातजातिका बारेमा फोटोहरु देखाउदै नेपालका बारेमा जापानिजहरुलाई जानकारी दिदै जिवनमा एक पटक पुग्ने पर्ने देश नेपाल भएको वताउने अभियान नै चलाई रहेको जानकारी दिनु भयो भने सुयोसुले तयार बनाएको फोटोहरु एनआरएन जापानका कावा अध्यक्ष नविन न्युउरेलाई प्रदान गर्नु भएको थियो ।

एनआरएन आईसिसिका उपमहासचिव ओम गुरुङको प्रमुख आतिथ्यततामा सम्पन्न भएको सम्मान कार्यक्रममा एनआरएन जापानका कावा अध्यक्ष नविन निउरे, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, एनआरएन जापानका प्रवक्त सुभास लामिछाने, एनआरएन आईसिसिका पूर्व सदस्य केशर गिरी, तोचोगिका संयोजक मंजित क्षेत्री, नागानो क्षेत्रका निर्वतमान संयोजक पम खत्री लगायतको उपस्थिती रहेको थियो ।

नागानो क्षेत्रका संयोजक नन्दराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जापानका मिडियाहरुको बाक्लो उपस्थिती थियो भने कार्यक्रममा नेपाली अतिथिहरुले जापानि भाषा र जापानिज सम्मनितहरुले नेपाली भाषामा सम्बोधन गरेका थिए ।

नेपालको विभिन्न क्षेत्रमा भगिनी सम्बन्ध एवं सहयोग गर्ने जापानको प्रान्तहरुमा नागानो अग्रस्थानमा रहेको छ ।

ताजा समाचार