टोकियो
जापान सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनात्मक विशेष योजना आजबाट सुरु गरेको छ ।
कोरोना महामारीबाट प्रभावित पर्यटन उद्योगलाई टेवा पुर्याउने उदेष्य सहित सरकारले पर्यटन क्षेत्रलाई सहयोग पुर्याउन यस अघिको गो टु ट्राभल संग मिल्दोजुल्दो सरकारी योजना सार्वाजानिक गरेको हो । यस अघि कार्यन्वयन गरिँदै आएको (県民割-“प्रिफेक्चरल डिस्काउन्ट” )को सट्टा यात्रामा रहेका पर्यटकलाई छुट दिने र आन्तरिक पर्यटकलाई प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ ।
जापानको ४६ प्रान्तहरूमा आज देखि डिसेम्बर महिनाको अन्त्यसम्म र टोकियोमा यहि २० तारिखदेखि डिसेम्बर २० सम्म संचालन हुनेछ। पर्यटकहरुले आवास र यातायात खर्च सहितको मूल्यमा प्रतिव्यक्ति ८ हजार येन तथा दिनको मात्रै यात्रा गर्ने तथा आवास सुविधा मात्रै उपयोग गर्नेहरुको हकमा ५ हजार येनको सम्म खर्च गर्न पाउने छन ।यो सुविधा ७ दिनसम्म प्रयोग गर्न सकिनेछ भने,यस योजना भरीमा जति पटक पनि उपयोग गर्न सकिनेछ । यो सुविधा लिनको लागि कोरोनाको ३ वटै खोप लगाएको प्रमाणपत्र सहित यात्रा गर्नु पर्ने छ भने नभए ७२ भित्र पिसिआर टेष्टको नकारात्मक रिपोर्टलाई सगै लैजानु पर्ने छ ।
यो सेवा प्रत्येक प्रिफेक्चर अनुसार फरक नियम हुन सक्ने बताईएको छ ।