टोकियो
नेपालीहरुको चाड विजय दशमीको २०२२ का विच लमजुङ समाज जापानले दोश्रो अधिवेशन सम्पन्न गरेको छ ।
दोश्रो अधिवेशनले अध्यक्षमा गुनिमाया गुरुङ सहित १७ सदस्यिय नयॅा कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट एक महिला सहित तिन उपाध्यक्षमा लिल गुरुङ(नमस्ते) सोम गुरुङ ‘क’ दामोदार घिताल, सहित रुपी दुरालाई चयन गरेको छ ।
महासचिवमा दोहोरी गायक महेन्द्र न्यौपाने चयन भएका छन भने सचिवमा रमेश दुरालाई जिम्मेवारी दिएको छ । कोषध्यक्षमा डिनु कुमारी गुरुङ, सहकोषध्यक्षमा सोम गुरुङ ‘ख’चयन भएका छन ।
सात सदस्यहरुमा गिता घले, हिमाल गुरुङ, सुरेन्द्र गुरुङ, भोज गुरुङ, सुवास गुरुङ, दिपजङ घले, आवश गुरुङ, र रोशन गुरुङ रहेको छन ।
अधिवेशनले ऋतु दुरा, थम बहादुर गुरुङ, शिवहरी पौडेल, मनोज घले, बुद्दी घिमिरे, शैलेन्द्र मिश्र, र मिनराशी गुरुङलाई संरक्षक एवं सल्लाहकारमा चयन गरेको छ ।
लमजुङ समाज जापानमा पहिलो पल्ट अध्यक्षमा महिला चयन भएको हो ।