टोकियो
बुधबार दिउँसो चिबा प्रिफेक्चरको इचिकावा सहरको एदोगावा नदी किनारमा बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक अपरिचित ब्यक्तिले चिबा प्रान्तको इचिकावा शहरको एदोगावा प्रहरीलाई फोनगरी जानकारी दिएको थियो ।
चिवा, माचुदो शहरमा बस्ने ७ वर्षिय मिनामी नाम गरेको वालिका गत महिनाको २३ तारिखदेखि बेपत्ता भएकोमा प्रहरीले खोजविन गरिरहेको थियो ।
आमासग नजिकको पार्कमा खेल्न जाने समयबाट बेपत्ता भएकी वालिका मियामीको प्रहरीले खोजविन गरिरहेको थियो ।
प्रहरीले आज भेटिएको शव बच्चाको भएको र पहिले नै मृत अवस्थामा रहेको अनुमान गरिएको थियो ।
प्रहरीले शवको पोष्टमार्टमका लागि लगिएको र थर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।