कास्कि पोखरा समाज जापानको आयोजनमा आईतबार टोकियोमा चियापान सहित शुभकामना कार्यक्रम सम्पन्न

टोकियो

नेपाली हिन्दुहरुको महान चाड बिजय दशमी, दिपावली (तिहार) , नेपाल सम्बत र छठ पर्वको अबसरमा आइतबार कास्की पोखरा समाज जापानको आयोजनमा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

टोकियोमा सम्पन्न शुभकामना तथा चियापान कार्यक्रमको प्रमुख अतिथीमा पोखरा महानगरपालिकाका नगर प्रमुख श्री धनराज आचार्यले अनलाईन मार्फस सहभागि हुदै पोखराको समग्र बिकासमा जापानमा बस्ने पोखरेलीलेबाट सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।

कास्की पोखरा समाज जापानका अध्यक्ष विश्व सुवेदाको अध्यक्षतामा भएको कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष विकास पौडेल विशेष अतिथि, समाजका निबर्तमान अध्यक्ष तथा संरक्षक बिकास श्रेष्ठ, (NRNA) जापानका अध्यक्ष शिव प्रसाद पौडेल, थकाली सेबा समिति जापानका अध्यक्ष बुद्दी गौचन, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव राई, तमु धी जापानका उपाध्यक्ष अनिला गुरुङ, कास्की समाज अमेरिकाका अध्यक्ष भरत बराइली , नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचन, गैरआवासिय नेपाली संघ (NRNA) जापानका सल्लाहकार गृष्मा पौडेल लगायता अतिथीहरुले शुभकामना ब्यक्त गरेका थिए ।

कास्कि पोखरा समाज जापानका महासचिव बिष्णु भण्डारी ( विसु ) संचालन तथा वरिष्ट उपाध्क्क्ष संदेश अधिकारीले स्वागत मतब्य राखेका थिए भने कार्यक्रमको उदेश्य बारेमा कमल बास्कातोलाले मतब्य ब्यक्त गरेका थिए ।

पोखरा घर भइ जापान भ्रमण आउनु भएका राम प्रसाद अधिकारी र होम नाथ बास्तोलालाई जेष्ठ नागरिकको रुपमा सम्मान गरिएको थियो।

ताजा समाचार