टोकियो
केहि महिना पहिले बिभिन्न कम्पनीको नक्कली कागजपत्र बनाई ठुलो रकम कमाएको भन्दै प्रहरी हिरासतमा रहेका लाल बहादुर भुजेलले फेरी अर्को त्यस्तै नक्कली काम गरेको प्रमाणित भएको समाचार छ ।
लाल बहादुर भुजेल र उनका साथिले बिभिन्न कम्पनीको नक्कली कागजपत्र बनाई २ हजार मान ( करिब २ करोड) जापानिज येन निकालेको आरोपमा पक्राउ परेका लाल बहादुर भुजेलले हिरासत भित्रै कोरोना महामारीको समयमा बिभिन्न ब्यक्तिको नामबाट २ सय ४० मान करिब (२४ लाख ) निकालेको भेटिएको जनाईएको छ ।
भुजेलले यो रकम निकाल्न नेपाली र भारतिय नागरिकको सहयोगना यति ठुलो रकम निकालेको एनएचके अनलाईलले जनाएको छ ।