टोकियो
जापान प्रहरीले नक्कली आवास अनुमती कार्ड (在留カード) (जाईर्यु कार्ड) बनाउदै वितरण गरेको आरोपमा चिबा प्रिफेक्चरबाट ६ जना जापानिज सहित २ जना चिनियालाई पक्राउ गरेको छ ।
टोकियोसग जोडिएको चिबा प्रिफेक्चरको आसागी शहरबाट जापान प्रहरीले ६ जना जापानिज नागरिक सहित एक पुरुष र एक महिलागरी २ जना चिनिया नागरीकलाई प्रकाउ गरेको एनएचके अनलाईनले जनाएको छ ।
प्रहरीका अनुसार यो समुहले करिब २० हजार व्यक्तिको नामबाट यस्तो कार्डहरु बनाएको अनुमान गरेको छ । प्रहरीले यस कान्डमा कोको सहभागि भएका थिए र यो घटनाको वास्तविक के हो भन्नेबारेमा थप अनुसन्धान गरिरहेको बुझिएको जनाएको छ ।
प्रहरीका अनुसार कम्तिमा पनि करिब २० हजार वटा जाईर्यु कार्डहरुको तथ्याङ्क फेला परेको जानकारी दिएको छ । त्यो समुहले प्रति कार्ड १५ सय येनदेखि ७ हजार ५ सय येनमा बेचेको अनुमान गरिएको छ ।
ह्योगो प्रहरी र चिवा प्रहरीको टिमले सयुक्त सर्च अभियान चलाएर प्रकाउको २ जनाको नाम सार्वजानिक गरेपनि अन्य ओरोपिको नाम भने गोप्य राखिएको छ ।