टोकियो
नेपाली र हिन्दी भाषामा निर्माण गरिएको नेपाली चलचित्र प्रेम गीत २ अक्टोबर तारिक टोकियोको हाईजिमा स्थित फुसामा पनि प्रर्दशन हुने भएको छ ।
नेपालीहरुको बाक्लो बस्ती रहेको ताचिकावा वार्डको हाईजिमा, फुसा र ताचिकावामा बस्नेहरुको अनुरोधमा देखाउन लागेको आयोजकले जानकारी दिएका छन ।
चलचित्र हेर्नका लागी भिआईपी तर्फ (10000) र 3000 को टिकट दर तोकिएको आयोजक मध्ये एक पंकज मजगाईले जानकारी दिएका छन ।
प्रेमगीत ३ टोकियो सहित जापानका सम्पूर्ण शहरहरुमा प्रर्दशन भईरहेको छ ।