दशै टुर लिएर भिटेन जापानमा

टोकियो

जापानमा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गरि युवा पुस्ताले मन पराउने गायक भिटेन जापान आईपुगेका छन ।

टोकियो हुदै फुकुओका, ओसाका, नागोया सहितका जापानका मुख्य शहरहरुमा कार्यक्रम आयोजना गरिने आयोजक मध्येका एक राकेश रुम्बाले जानकारी दिएका छन ।

हिपहप संगितमा युवाहरुका विच लोकप्रिय गायक भिटेन आफैमा सांगितीक कार्यक्रममा पनि अनेक खालको चर्चामा आईरहने गायक हुन ।

गायक भिटेन र डिजे नानिलाई शनिबार विहान नारीतामा स्वागत गरिएको छ ।

दाजुभाई समुहको प्रस्तुती रहेको यस पटकको कार्यक्रममा डिजे नानिले साथ दिनेछन । डिजे नानि पनि नेपालबाट नै आमन्त्रीत कलाकार हुन ।

भिटेन र डिजे नानिको टोकियोमा अक्टुबर ९ तारिक आईतबार सिन्जुकुमा रहेको वार्प मा दशै टुर कार्यक्रम हुने आयोजकले जानकारी दिएका छन ।

ताजा समाचार