टोकियो
गैर आवशीय नेपाली संघ (एनआरएन) जापानको दशौ साधारण ओकिनावामा वरिष्ट उपाध्यक्ष हटाउदै ६ उपाध्यक्ष ४ सचिव र २ सहकोषध्यक्ष पदहरु थप्ने निर्णय सहित सम्पन्न भएको छ ।

वार्शिक साधारणसभामा एनआरएन महासचिव सिद्दार्थ श्रेष्ठले सांगठानिक प्रतिवेदन एवं कोषध्यक्ष कृष्ण गैरेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
त्यसैगरी महासचिव सिद्दार्थ श्रेष्ठ संयोजक रहेको विधान संसोधन समितिले प्रस्तुत गरेको संसोधित विधान पनि पारित गरेको छ । संसोधित विधानमा एक अध्यक्ष सहित ६ जना उपाध्यक्ष रहेन ब्यवस्था गरिएको छ । त्यसैगरी सचिव ४ जना र सहकोषध्यक्षमा २ जना रहनेगरी विधाानमा ब्यवस्था गरिएको छ । माथि थपिएको सहै पदहरुमा १/१ जना महिलालाई अनिवार्य बनाईएको छ । विधानमा यि पदबढेसगै अव एनआरएन जापानको कार्यसमिति ३५ सदस्यिय हुने भएको छ । यस बाहेकका अन्य पदहरु भने यथावत राखिएको छ ।
उत्कृष्ट पदाधिकारीमा महिला संयोजक अन्जु भन्डारी घोषित

एनआरएन जापानको ओकिनावामा सम्पन्न भएको दशौ साधारण सभामा उत्कृष्ट पदाधिकारीमा एनआरएन महिला संयोजक अन्जु भन्डारीलाई घोषित गर्दै प्रमाण पत्र प्रदान गरिएको छ ।
एक बर्षको कामको लगाव एवं काम गर्ने क्षमता सहित सबै पदाधिकारीसग सहकार्य गर्दै एनआरएन जापानले आयोजना गरेका बिबिध कामहरुमा उत्कृष्ट कामगरी एनआरएन जापानको गरिमा बढाएको भन्दै उत्कृष्ट पदाधिकारी घोषित गरिएको हो ।
यसैविच जापानमा लामो समय सम्म एनआरएन अधिवेशनमा धादली भएको भन्दै छुट्टै समिति पछि सहमति भनिएका अनिता गुरुङ भने यस साधारण सभामा कतै सहभागि भएको देखिएन ।
प्रत्यक्ष र अनलाईबाट उदधाटन सत्र सम्पन्न भएपनि सहमति पछि एनआरएन जापानका संरक्षक पदमा प्राप्त गरेका गुरुङ सहित अन्य पद लिएकाहरुको सहभागिता देखिएको थिएन ।

दशौ साधारण सभाको उदधाटन सत्रको प्रमुख अतिथि आईसिसि सदस्य दिपक कार्कि रहनु भएको थियो भने साधारण सभालाई जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी,एनआरएन आईसिसिका अध्यक्ष कुलचन्द्र आचार्य सहित महेश श्रेष्ठ, भूषण घिमिरे उपमहासचिव ओम गुरुङ सहित जापानका क्रियासील संघ सस्थाका अध्यक्षहरुले शुभकामना मतब्य ब्यक्त गरेको थिए ।
एनआरएन जापानका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव सिद्दार्थ श्रेष्ठले संचालन गरेको उदघाटन सत्रमा वरिष्ट उपाध्यक्ष नविन न्यूउरे सहित रामकृष्ण श्रेष्ठ, संगिता अधिकारीले बोल्नु भएको थियो ।
साधारण सभाको संयोजन ओकिनावा क्षेत्रिय समितिले गरेको थियो ।