जापानमा खतरनाक ताइफुले आज पश्चिम तथा पुर्वि जापानमा प्रवेश गर्ने

टोकियो

जापानको मौसम विज्ञान निकाय (जेएमए)ले सचेत गराएको ताईफू जापानको दक्षिणपश्चिम प्रिफेक्चरहरु पछि आज क्युसु,च्युगोकु तथा सिकोकु क्षेत्रलाई पुर्णरुपमा ढाक्दै उत्तरतर्फ अघिबढेको छ।

हावाहुरीसगै भारी वर्षाको ताईफूले दक्षिण जापानको खागोसिमा सहित मियाजाकी प्रिफेक्चरमा पनि अत्यधिक वर्षा भएको छ।यस ठाउँमा बाढीको जोखिम रहेकाले कडाईका साथ सतर्कता अप्नाउन र मानिसहरूलाई सुरक्षित स्थानमा रहन सुचना जारी गरिएको छ ।

ताईफूलेखागोसिमासगै,मियाजाकी,कुमामोतो,फुकुओका,ओईता,तोकुसिमाहिरोशिमा,सिमाने,यामागुची तथा एहिमे प्रिफेक्चरहरुमा ताईफुले गम्भीर असर पारेको जापानी संचार माध्यमहरुले खबर छापेका छन् ।

ताजा समाचार