टोकियो
जापानको फुकुओकामा रहेको निशिनिहोन अन्तर्राष्ट्रिय जापानिज सस्कुलमा ध्ययनरत नेपाली विद्यार्थीहरुको सहजताका लागि एनआरएन क्युसु क्षेत्रीय समितिले बिद्यार्थीको लागि अध्यगमा विभाग सहित सम्बन्धित स्कुलसग महत्वपूर्ण सहमति गर्न सफल भएको छ ।

सन २०२१मा अध्ययनरत विदेशी विद्यार्थीहरुलाई बन्दी बनाई मानव अधिकारको जघन्य उल्लंघन गर्ने गरेको पुस्टि भएपछि अध्यागम विभागबाट ५ वर्षको लागि जापानी भाषा विद्यालयको सम्बन्धन नै खारेज गरिदिए थियो । खारेजी पछि उक्त भाषा विद्यालयमा अध्ययनरत ५ सय भन्दा बढि नेपाली विद्यार्थीहरुमा अन्यौलता छाएको थियो ।
एनआरएनए जापान,क्युसु क्षेत्रीय समितिले यहि सेप्टेम्बर १५ तारिख जारी गरेको विज्ञप्ती अनुसार,उक्त विद्यालय तथा अध्यागमन सेवा एजेन्सीका अधिकारीहरुसंग भेट गरि विद्यार्थीहरुको समस्या सुल्झाउन संयोजन गरिएको उल्लेख गरिएको छ । विज्ञप्तीका लेखिएको छ – गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमिति जिम्मेवार निकायहरु अध्यागमन विभाग, भाषा विद्यालय सहित एवं अन्य सरकारी निकायसंग छलफल गर्दै आइरहेको कुरा अवगत गर्दछौं। हामीहरु संग २०२२ सेप्टेम्बर १४ तारीख भएको बैठकमा भाषा विद्यालयका प्रिन्सिपलले यस घट्नाबाट आम जनमासमा पर्न गएको असर प्रति क्षमायाचन गरेका छन्। साथै उनले अन्य कलेजमा ट्रान्सफर गर्न छिट्टै नै सहज बनाउने र यही कलेजमा पढ़न चाहने तथा विविध कारणले कलेज ट्रान्सफर गर्न नसक्नेहरुलाई निरन्तर पढाउने जानकारी गराउनुको साथै कलेजबाट ठोस निर्णय नआउन्जेल सम्म धैर्य धारण गरी बिद्यार्थीहरुलाई निरन्तर आफ्नो पढाइ अगाडी बढाउन अपिल समेत गरेका उल्लेख गरिएको छ ।
विज्ञप्तीमा उक्त विद्यालयमा अध्ययनरत भाइबहिनीहरुलाई चिन्ता नगरी आफ्नो अध्ययनलाई निरंतरता दिन अपिल गर्दछौ भनिएको छ । एनआरएनए क्युस्यु विद्यार्थी भाइबहिनीहरुको पक्षमा निरन्तर लागि रहने जानकारी गराउदछौ। साथै, केही समस्या भए एनआरएनए क्युस्युमा सम्पर्कको लागि अनुरोध गर्दछौ भनिएको छ ।