जापानको ओसाकामा नौमती बाजा समुहले दशैं-तिहार बिशेष कार्यक्रम गर्ने

रिष्मेली मेघराज जापान
ओसाका

नौमती बाजा समुह ओसाका जापानले नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दिपावली २०७९ को पावन अवसरमा शुभकामना आदान प्रदान तथा मनोरञ्जनात्मक सांगितीक कार्यक्रम गर्ने भएको छ।

नेपाली कला संस्कृतीको संरक्षण एंव सम्बर्दन सहित कलाकारलाई हौसला र सम्मान भन्ने मुल उद्धेश्यका साथ जापानको ओसाकामा रहेको नौमति बाजा समुहले अक्टोबर ३ तारिक सोमबार ओसाकामा पहिलो पटक बिबिध सांगितीक कार्यक्रम गर्न लागेको हो।

कार्यक्रम सिन ओसाका स्थित ओसाका सि योदोगावा कु हिगासी नाकाजीको कोको प्लाजा हलमा अक्टोबर ३ तारिक सोमबारका दिन गर्ने नौमती बाजा समुहले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा ओसाकामा रहेका कलाकार सहित नौमती बाजा को प्रस्तुती रहने बाजा समुहका अध्यक्ष गोपाल खत्रीले जानकारी दिनुभयो।

ताजा समाचार