टोकियो
पर्वत समाज जापानको सातौ अधिवेशन अक्टोबर १ तारिक टोकियोमा हुने भएको छ ।
हालै सम्पन्न कार्यसमिति बैठकले सातौ अधिवेशनको मिति सहित जापानमा रहेका पर्वतेहरुलाई अधिवेशनमा सहभागि अनुरोध गर्दै पर्वतमा रहेको सम्पूर्ण गाउहरुलाई समेटेनेगरी सम्पर्क ब्यक्ति तोकिएको पर्वत समाज जापानका महासचिव राम बास्तोलाले जानकारी दिनु भयो ।
सातौ अधिवेशनलाई सम्पन्न गर्न एनआरएन आईसिसिका उपमहासचिव ओम गुरुङको संयोजकत्वमा ईस्वर जोशी, मोहन घले सदस्य रहेको निर्वाचन कमिटि सहित यो दुई बर्षको आर्थिक र सगठानिक प्रतिवेदन प्रस्तुत गरिने अध्यक्ष जनक सुवेदीले जानकारी दिनु भयो ।
सातौ अधिवेशनमा पर्वत जिल्लाको आर्थिक,सामाजिक तथा शैक्षिक क्षेत्रमा जापानबासी पर्वतेहरुको सहयोग पुग्नेगरी योजना बनाई नयॅा कार्यसमितिको निर्वाचन समेत हुने पर्वत समाज जापैनका प्रवक्ता रविन शर्माले जानकारी दिएका छन ।
अध्ययन, ब्यवसाय सहित कामदार भिषामा जापानमा रहेका पर्वतेहरुको उपस्थिती जापानमा सक्रिय संघ सस्थाहरुको गरिममय पदमा सक्रिय हेका छन ।