कलाकारलाई जापान बोलाई यौन दुर्ब्यवहार र ज्यानमार्ने धम्की दिएको भन्दै मोना जापानद्वारा भत्सर्ना

टोकियो

कलाकार भिषामा जापान बोलाई महिला कलाकारलाई कुटपिट सहित यौन दुर्ब्यवहार र ज्यान मार्ने धम्की आएको भन्दै मोना जापानले उक्त घटनाको निन्दा गर्दै दोषि माथि कारबाहिको माग गर्दै भत्सर्ना गरेको छ ।

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. २ भकिम्ले घर भई हाल साँगीतिक कार्यक्रमका लागि जापानको ओसाका रहेकी श्रीपाल थर भएकी महिला गायिकाले आफुमाथि दोहोरी सांझका संचालकले कुटपिट सहित यौनजन्य दुर्ब्यवहार हुनुका साथै ज्यान मार्ने धम्की दिएको मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ निष्पक्ष न्यूजलाई जानकारी दिएका छन ।

गायिका तिन महिनाको भिषामा जापान आईपुगे पछि ओसाका कोबेस्थित धौलागिरी दोहोरी साँझका सञ्चालक धन थापाले गायिकालाई कुटपिट सहित यौन दुर्ब्यहार र ज्यान मार्ने धम्कि दिएको भनि निबेदन दिएको मोना जापानले जनाएको छ ।

बिज्ञप्तिमा भनिएको छ – ‘दोहोरी साँझको नाममा नेपालबाट कलाकार बोलाएर सामाजिक एवं न्यायिक सुरक्षाको ग्यारेन्टी भएको देश जापानमा बस्दै गर्दा त्यो हदको ज्यादतीको जति नै निन्दा गरे पनि थोरै हुने ब्यहोरा स्पष्ट पार्न चाहान्छौं । एकपटक होइन पटक-पटक ज्यान मार्ने धम्की दिने निज थापाबाट ज्यान जोगाउन पीडित गायिका श्रीपाल भागेर हाल आफन्तको शरणमा बसिरहेको बताईएको छ ।

गायिका श्रीपाल संगै ओसाकास्थित धौलागिरी दोहोरी साँझमा गुरुङ थरका गायिका पनि तीजको पूर्वसन्ध्यामा संगै जापान आएको बुझिएको छ ।

ताजा समाचार