टोकियो
जापानको नारिताका लागि १ सय ८४ यात्रु बोकेर उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानको कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौंमै फर्किएको छ ।
राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको उडान काठमाडौं विमानस्थल छाडेको आधा घण्टामै फर्किएको थियो ।
‘कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकदलले जहाज काठमाडौं नै फर्काएका थिए,’ निगमका एक अधिकारीले भने । ‘त्यो समस्या देखिँदा जहाज नेपालकै आकास भित्र रहेको थियो ।चालकदलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो ।
प्राविधिकहरूले उक्त जहाजलाई राति नै मर्मत गरेर ती यात्रुलाई बुधबार बिहान नौ बजे त्यही जहाजमा नारिता उडाउने तयारी गरेपनि मर्मत पछि बुधबाट ढिलागरी जापान उढेको नेपाल एयारलाईन्स जापानका प्रमुख तिलक लामिछानेले बताउनु भयो ।
काठमान्डौ उडानका लागि नारिता पुगेका यात्रु दिएको जानकारी अनुसार विहानको लन्चका लागि नगद नै प्रदान गरेको नेपाल एयारलाईन्सले राति ९ बजे भित्र नारिताबाट काठमान्डौ लैजान सूचना दिएको बताएका छन ।
नेपाल एयारलाईन्स जापानले पनि बुधबार राति नै उडान गरिने र काठमान्डौबाट नारिताका लागि जहाज उडेको जानकारी दिएको छ ।