टोकियो
जापानिज भाषा अध्ययनका लागि भियतनामबाट जापान आएका विद्यार्थीलाई गैर कानुनी तरिकाले बन्धक बनाएको भन्दै जापान सरकारले विद्यालय संचालनमा रोक लगाए पछि उक्त विद्यलयमा अध्ययन गरिरहेका ६ सय भन्दा बढी विदेशी विद्यार्थीको भविष्य अन्यौलग्रस्त हुन पुगेको छ ।
जापानिज समाचारहरुका अनुसार फुकुओकामा रहेको निसि निहोन ईन्टरनेशनलमा जापानिज भाषा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरुलाई विद्यालयले सहयोग नगर्दा त्यहा अध्ययनरत विद्यार्थीहरुको भविष्य अनिष्चित बन्न पुगेको हो ।
फुकुओका स्थित अध्यागमन विभागले विद्यालयले गैर कानुनि कार्य गरेको भन्दै विद्यालयलाई संचालनमा रोक लगाएको भएपनि आजको मिति सम्म अध्यापन जारी राखेको विद्यार्थीहरुलाई सहि सूचना जारी नगरेको एवं विद्यार्थीहरुको लागि वैकल्पिक समाधानका बारेमा छलफल नगरेको त्यहा अध्ययनरत विद्यार्थीहरुले गुनासो गरेका उक्त समाचार एजेन्सीले जनाएको छ ।
उक्त विद्यालयमा ८० प्रतिशत विद्यार्था नेपाल रहेको बताईएको छ । फुकुओका क्षेत्रमा क्रियासिल नेपाली संघ सस्थाका अनुसार नेपाली विद्यार्थीले आफ्नो भविष्य अन्यौलग्रस्त हुने अवस्थामा पुगेको भन्दै सहयोगको याचना गरेपनि विद्यालयले सहि निर्णय दिननसक्दा के सहयोग गर्दा ठिक हुने हो बुझ्न नसकेको बताएका छन ।
यसैविच टोकियो स्थित नेपाली दूतबासले कूटनितिक माध्यमबाट बुझ्ने र समस्याको समाधानका लागि चनाखो रहेको जनाएको छ ।
गएको हप्ता जापानको फुकुओका अध्यगमन विभागले २०२१ मा जापानिज भाषा विद्यार्थीका रुपमा उक्त विद्यालयका विद्यार्थीलाई कानुन विपरीत बन्दी तथा अपराधीलाई गर्ने गैर कानुनी ब्यवहार गरेको प्रमाणित भएको भन्दै कारबाहि गरेको एनएचके अनलाईले समाचार प्रकाशित गरेको थियो ।