टोकियो
जापानबाट नेपाल लगायतका देशहरुमा रेमिट सेवा प्रदान गर्दै आइरहेको फोरेक्स जापान( FOREX JAPAN ) यस बर्षको दशै/तिहार र छट पर्वको अवसरमा उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
फोरेक्स जापानले विगतको बर्ष जस्तै यो वर्ष पनि “दसैँ/तिहार र छठको बहार छायो रेमिट गर्दा उपहारै उपहार पायो” भन्ने नारा सहित साप्ताहिक र बम्पर उपहार योजनाहरु आईतबार पत्रकार सम्मेलन गर्दै सार्वजानिक गरेको हो।
यस बर्षको बम्पर उपहार योजना सेप्टेम्बर १२ २०२२ तारिखदेखि अक्टोबर ३० तारिखसम्म फोरेक्स जापानबाट पैसा पठाउने ग्राहकहरुको हकमा लागु हुनेछ । यस बम्पर योजनामा १ जनाले आईफोन १४ प्राप्त गर्नेछन भने हरेक साता ५ जनाले वायरलेस चार्जर प्राप्त गर्ने छन ।