जापानको कावासाकीमा आईतबार राति भियतनाम नागरिकको हत्या

टोकियो

आईतबार राति करिब ११ः३० बजे खानागावा प्रान्तको कावासाकी शहरमा ५७ बर्षिय भियतनाम नागरिकको धारिलो हतियारले प्रहार गर्दा मृत्यु हुन पुगेको छ ।

कावासाकि स्टेशन नजिक हिगाशितामाचीमा सडकका विच छातीमा छुरा प्रहारबाट ५७ वर्षिया भियतनामी नागरिक गुएन दाई हिपको मृत्यु भएको हो ।

चक्कु प्रहारबाट घाईते भएका गुएनलाई अस्पत्ताल लगिए पनि उपचारकै क्रममा मृत्यु हुन पुगेको छ । प्रहरीले हत्या अभियोगमा भागेको व्यक्तिको खोजी भएपनि हत्यारा भियतनामको नै भएको बताईएको छ ।

समाचारमा के कति कारणले हत्या भएको त्यसको बारेमा पुरै विवरण भने खुलाईएको छैन ।

ताजा समाचार