एनआरएन जापानमा सहमतिको नाममा पदको भागबन्डा भएको भन्दै बिकास श्रेष्ठद्वारा बिरोध

टोकियो

गैरआवसिया नेपाली संघ जापानमा पदको लागि बिरोध गर्ने र पदपाएपछि सहमति भएको भन्नेहरु पदको भोगि भएको भन्दै एनआरएन आईसिसिका तत्कालिन सदस्य पदका उम्मेदवार बिकास श्रेष्ठले बिरोध जनाएका छन ।

एनआरएन जापानको गतबर्ष सम्पन्न निर्वाचनमा भारतको उडिसा लगायतको क्षेत्रबाट मतदान भएको भन्दै अनिता गुरुङ, कालिका थापा बलराम श्रेष्ठहरुले सामुहिक रुपमा बिरोध गर्दै छुट्टै कार्यसमिति बनाई क्रियाशिल रहेका थिए ।

यसैविच आईसिसि पूर्व अध्यक्ष भवन भट्ट, उपाध्यक्ष महेश श्रेष्ठ उपमहासचिव ओम गुरुङको उपस्थितीमा चुनावमा पराजित अनिता गुरुङलाई संरक्षकमा पराजित भएका बलराम श्रेष्ठ र रामहरी पुडासैनीलाई आईसिसि सदस्यमा मनोनित गर्ने सहमति गरेपछि विबाद सकिएको सहमति गरेकाहरुलाई श्रेष्ठले पदको लोभिहरुले पद पाएपछि सहमति र नपाउदा मिलेको समाज भाडेको र पदपाएपछि सहमति भन्दै हिडेको भन्दै बिरोध गरेका छन ।

बिकास श्रेष्ठले आईसिसि सदस्य पदमा उम्मेदवारी दर्ता गरेपनि सहमतिमा आउन सबैलाई अनुरोध गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

बिकास श्रेष्ठको विज्ञाप्ती

मिति :- २०२२ -९-१०

     विज्ञप्ती 

गैरआवासीय नेपाली संघ जापानको ईतिहासमा सुरूकै दिनबाटै यस संस्थाको बाहिर बसेर निरन्तर सहयोगी गतिबिधि गर्दै आएको कुरा NRNA का शुभचिन्तक सम्पुर्णमा अवगत नै छ। लामो समयको NRNA यात्रामा कहिले सल्लाहकार कहिले बिभिन्न बिभाग र निर्वाचन समितिमा बसेर आफ्नो जिम्मेवारी पुरा गर्दै तन, मन र धनले पनि साथ समर्थन गर्दै पछिल्लो निर्वाचनमा आईसिसि कार्यसमितिमा नै बसेर काम गर्ने सोचका साथ सदस्य पदमा उम्मेदवार मनोनयन गरेको कुरा पनि हजुरहरू सम्पुर्ण जानकार नै हुनु हुन्छ। निर्वाचनको चरम माहोलमा हुमिदै गर्दा केहि अग्रजहरू भनाई यो सामाजिक संस्था हो यहाँ केहि दिन जाने हो त्यसैले होडबाजी मच्चाएर हानथाप गर्नु भन्दा आपसी समझदारीमा सहमति गरेर निर्विरोध निर्वाचितको बाताबरण बनाएर समाजलाई सकरआत्मक सन्देश दिनपर्ने भन्ने भनाईलाई आत्मसाथ गर्दै महिले मेरो उम्मेदवार फिर्ता लिएको थिए। अन्तत अन्य उम्मेदवारले आफ्नो अडान कायम राखेर उम्मेदवारी फिर्ता नलिदा सहमति कायम हुन सकेन र निर्वाचनमा उत्रिनु भयो। निर्वाचनमा उत्रिय र पनि निर्वाचनको परिणामलाई नस्विकार्नु भनेको जनमतको अपहेलना गर्नु पनि हो भन्ने मेरो बुझाई हो। निर्वाचन प्रक्रियामा केही बेथिती र टुटिहरू थिए होलान हाम्रो बिरोध भनेको बेथिति र बिकृती बिरूद्ध हुन पर्थ्यो र आगमी निर्वाचनलाई यस्ता कुराबाट टाढा राखेर निष्पक्ष र धादली रहितको बाटोमा लान सकेको भए असन्तुष्ट पक्षको बिरोध र लडाई पक्कै पनि सार्थक र सम्मानजनक साबित हुने थियो। बिडम्वना तेस्तो हुन सकेन आज निर्वाचन पराजित हुदा पनि जनमतलाई अस्विकार गरि पदनै चाहिने र पद पाए पछि सबै मिल्ने हो भने यो एऊटा अर्को बिकृती र कुसंस्कारको सुरूवात भएको भन्ने मेरो बुझाई हो र यस्ता अनैतिक गतिबिधि संग टाढा रहदै यस्ता क्रियाकलाप को घोर भर्त्सना गर्दै मेरो आफ्नो एजेण्डा भनेको राजनिति भागबण्डा भन्दा पनि संस्थामा योगदानको मुल्याङकन गरि निर्णय लिन पर्ने भन्ने हो। यसै अनुसार संस्थालाई बन्धक भन्दा पनि निकास दिनको लागि सम्बन्धित सबैमा अनुरोध समेत गर्दछु।
धन्यबाद

बिकास श्रेष्ठ
आईसिसि सदस्य पदका उम्मेदवार
२०२१-०२३

ताजा समाचार