टोकियोको सिनओकुबोमा आजबाट शुरुभयो ‘टिपिकल’ स्वाद सहितको नेपाली“चुलो घर”

टोकियो 

टोकियोको सिनओकुबोमा बुधबारबाट ‘टिपिकल’ नेवारी र थकाली परिकार पस्काने योजना सहित नेपाली रेष्टुरेन्ट “ चुलो घर” लेब्यवसायीक शुरुवात गरेको छ ।

लामो समय जापानको टोकियोमा रेष्टुरेन्ट ब्यवसायमा संलग्न माईकल गौचनले सिनओकुबोमा पारिवारिक वातावरण सहितको ‘चुलोघर संचालनमा लिएका हुन । 

सिग्गै घरमा संचालन भएको ‘चुलो घर’ दोश्रो तल्लामा संचालन हुने छ भने तेश्रो र चौथौ तल्लामा बार सहितको स्नुकर र पुलहरु खेल्नसकिनेगरी बनाईएको छ । गौचनका अनुसार युवा जापानिजहरुका लागि टेरेन्समा गार्डेन र बारबिक्यु सहितको खुल्ला स्थानमा रमाईलोगर्न सकिनेगरी रेष्टुरेन्ट संचालनमा ल्याईएको जानकारी दिनुभयो ।

जापानमा बार तथा रेष्टुरेन्ट क्षेत्रमा सफल गौचनले करिब दुई दर्जन रेष्टुरेन्टहरु संचालन गरिरहेका छन । 

ताजा समाचार