सगरमाथा पछि गायक राजु लामाले चढे जापानको माउन्ट फुजी

टोकियो

मंगोलियन हर्टका गायक राजु लामाले जापान भ्रमणको ब्यस्त समय विच मंगलबार विहान जापानको सबै भन्दा अग्लो हिमाल माउन्ट फुजीको चढन सफल भएका छन ।

अगष्ट २१ तारिक तमुधीं जापानको आयोजनामा २४ औ रोधीं साझमा जापानवासी नेपाली दर्शक विच आफ्नो आर्कषक प्रस्तुती राखेका गायक राजु लामाले अगष्ट २२ तारिक रातिबाट चार साथिहरुको सहयोगमा ३ हजार ७ सय ७७ मिटर अग्लो जापानको सबैभन्दा अग्लो हिमाल माउन्ट फुजी २३ तारिक विहान ४ बजे चढन सफल भएका हुन ।

माउन्ट फुजीको चुचुरोमा पुगेपछि गायक लामाले सुर्य चन्द्र अंकित राष्ट्रिय झन्डा फर्हराएका थिए । थकित र अनिदो देखिएका लामाले माउन्ट फुजीको चुचुरोमा पुगेपछि हिमाल आरोहरण गर्न जति चुनौति र खतरा छ,सफल आरोहरण पछिको सन्तुष्टी शब्दमा बयान गर्न नसकिने बताएका छन । ’ दोश्रो पुस्ताका लागि क्याईमेट चेन्जका बारेमा सन्देश दिनु मेरो मुख्य लक्ष्य हो, हिमाल आरोहरणमा मैले यहि विषयलाई मुख्य लक्ष्य राखि विश्वको नै सर्वोच्च शिखर सगरमाथा आरोहरण गर्न सफल भएको केहि समय पछि जापानको सबैभन्दा अग्लो हिमाल माउन्ट फुजी चढन पाएकोमा आफुलाई खुशी लागेको बताएका छन ।

तमुधीं नागायोका सल्लाहकार दिलिप गुरुङले गायक लामालाई माउन्ट फुजी चढने बन्दोबस्त मिलाएका हुन । लामाले जापानको टोकियो सहित ओसाका र ओकिनावामा पनि कन्सर्ट गर्ने छन ।

सगरमाथाको सफल आरोहरणसगै संसार कै अग्लो स्थानमा कन्सर्ट गरि विश्व रेकर्ड बनाएका युवाहरुको ढुकढकी राजु लामाले टोकियोमा सम्पन्न रोधीं सांझमा कोरोना पछि जापानमा पहिलो भब्य कन्सर्ट प्रस्तुती गरेका थिए ।

फोटोहरु- सौजन्य

ताजा समाचार