टोकियो
जापानको पुरानो सस्था तमुधीं जापानको आयोजनमा अगष्ट २१ तारिक सिन्जुकुमा आयोजना हुने २४ औ रोधी सांझका लागि बुधबार विहान जापानमा ओर्लिएका मंगोलिन हर्टका राजु लामाले सगरमाथा चढनु र हिमालमा कन्सर्टले नयां पिढीको सचेतनाका लागि गरिएको बताउनु भयो ।
तमुधी जापानको आयोजनामा भएको पत्रकार भेटघाट तथा गायक राजु लामाको स्वगतमा आयोजना गरेको कार्यक्रममा लामाले पत्रकाकले किन सगरमाथा चढनुको कारण सोधका थिए । लामाले सगरमाथा चढनु भनेको वार जोनबाट फर्कनु जस्तो भएको बताउदै सगरमाथा चढनु र कन्सर्ट समेटिएको डकुमेन्ट्री छिटै सार्वजानिक गर्ने जानकारी पनि दिनुभएको थियो ।
तमुधी जापानका अध्यक्ष रमेश कुमार गुरुङको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाटमा कार्यक्रमका संयोजक चित्र गुरुङ, वारिष्ट गायक ईश्वर गुरुङ, जिवन कुमार गुरुङ लगायतले तमुधीको गतिविधी र २४ औ रोधी साझको तयारीहरुका बारेमा जानकारी गराएका थिए ।
आयोजक तमुधीले दिएको जानकारी अनुसार सिन्जुकु वार्डको खाबुकिचोमा हुने रोधीं सांझको लागि जापानमा नै चर्चित र ब्यवस्थित मानिएको क्लब वार्पमा हुने रोधी सांझको तयारी पुरा भएको जानकारी दिएको छ ।
पत्रकार भेटघाट सहितको स्वागत कार्यक्रममा पनि जापानमा क्रियासील दुई दर्जन बढी संघ सस्थाका प्रतिनिधि एवं रोधी सांझका सहयोगिहरुको बाक्लो उपस्थिती रहेको थियो ।