टोकियो
जापानिज समाचारहरुका अनुसार सोमबार बिहान जापानको चिबा प्रान्तको किमिचु शहरमा आज भएको छुरा प्रहारमा एकजनाको मृत्यु भएको छभने अन्य दुई जना घाईते भएको छन ।
आज बिहान करिब ३ः४० बजे किमिचु शहरको मिनामि कोयासुमा बस्दै आएकी एक महिलाले २२ वर्षीय पुरुषलाई आफन्तले छुरा प्रहार गरेको जानकारी प्रहरीलाई दिएका थिए ।
सूचना पछि घटनास्थल प्रहरी पुग्दा उक्त घरमा चार जना घाइते अवस्थामा फेला पारेका थिए । घाईते हुनेमा ४३ वर्षीय पुरुष, उनका २२ र १५ वर्षका छोराहरु र ती व्यक्तिको ४० वर्षका भाइ रहेका छन् । ती मध्ये ४० वर्षीय भाइलाई अस्पताल पुर्याईएपनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।