काठमाडौं, साउन २०
वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले यस बर्षको तीज गीत सार्बजनिक गरेकी छिन् ।
आफ्नै लय, शब्द र संगीतमा कोइरालाले समसामयिक तीज गीत ‘यो घरमा लच्छिन छैन’ बोलको गीत सार्बजनिक गरेकी हुन् । परिवारका सदस्य सबै आ–आफ्नो ढंगले चल्दा घरमा लच्छिन नहुने भाव बोकेको छ ।
सधैका बर्ष तीजमा मौलिक गीतको सिर्जना गर्दै आएकी गायिका कोइरालाले यस वर्ष पनि तीजको भाकामा मौलिक गीत सार्बजनिक गरेकी हुन् ।