टोकियो
जापानमा फेरी गर्मी बढने भन्दै सचेत रहन जापानको मौषम विभागले सूचना जारी गरेको छ ।
आज अगष्ट महिनाको पहिलो दिन,जापानको अधिकांस भागमा चर्को गर्मी हुने जनाईएको छ । आज विहान ११ बजे मापन गरिएको तापक्रममा सबै भन्दा बढी तोतोरी प्रान्त कम्तिमा पनि ३८ डिग्री एवं टोकियो, ओसाका, साईतामा र फुकुओका क्षेत्रमा कम्तिमा पनि ३६-३७ डिग्री पुग्ने अनुमान गरिएको छ ।
कोन्तो कोसिन क्षेत्रमा विहानै बाट उच्च वायुमन्डलिय चापले गर्मी बढेन र हावामा गर्मीको मात्र सोमबार विहानैबाटै बढेको छ ।
तातो हावा र गर्मीको कारणले हिट स्ट्रोकको सम्भावना भएको भन्दै सितल हुने स्थान वा समय समयमा पानि पिउन आग्रह गरिएको छ ।