जापानको टोकियोमा १२ औ नेपाल फेष्टिवलको भब्य शुरुवात, चर्को गर्मीका विच बाक्लो दर्शकको उपस्थिती, फेष्टिवल भोली सम्म संचालन हुने

नेपाल-जापानक सम्बन्ध नागरिक स्तर सम्म राम्रो सम्बन्ध रहेको राष्ट्रिय सभाका अध्यक्ष – गणेश तिम्लिसिना

टोकियो

नेपाली कला ,संस्कृति,भेषभुषा, झाँकी प्रस्तुत गर्दै टोकियोको नाकानो वार्डमा रहेको नोकानो सिकिनो मोरी पार्कमा आजबाट दुई दिने १२ औ नेपाल फेष्टिवल सुरुवात भएको छ ।

संघिय संसद राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिम्लिसिनाको प्रमुख आतिथ्यततामा सम्पन्न कार्यक्रममा जापान सरकार परराष्ट्र मन्त्रालयका एसिया बिदेश बिभाग दक्षिण पूर्वका महानिर्देशक कानो ताकिहिरो, जापानका लागि नेपाली कावा राजदूत अम्बिका जोशी, नाकानो सिटीका मेयर साकाई नाओतो, जापानका लागि मालदिभ्सका राजदूत, भारतिय राजदूतबास टोकियाका उपनियोग प्रमुख, फिलिपिन्सका काउन्सुलर, एनआरएन आईसिसि उपाध्यक्षहरु, आईसिसि पदाधिकारीहरु, नेपालका लागि जापानका पूर्व राजदूत, जापानमा क्रियासील संघ सस्थाका अध्यक्षहरु एवं विभिन्न क्षेत्रका अगुवाहरु, जापानिज नागरिक एवं जापानमा रहेका नेपालीहरुको उपस्थिती रहेको थियो ।

टोकियोमा शुरु भएको १२ औ नेपाल फेष्टिवलको उदधाटन गर्दै प्रमुख अतिथि एवं राष्ट्रिय सभाका अध्यक्ष तिम्लिसिनाले जापान जस्तो ब्यस्त समयलाई सदुपयोग गर्दै नेपालको कला, सस्कृती र नेपाल-जापान सम्बन्धलाई फेष्टिवको माध्यमबाट नागरिक तहबाट पनि हाम्रो सम्बन्धलाई थप प्रगाढ बढाउने विश्वास ब्यक्त गर्नु भयो ।

त्यसैगरी जापान सरकार परराष्ट्र मन्त्रालयका दक्षिण पूर्वका महानिर्देशक कानो ताकिहिरोले नेपाल जापानको सम्बन्धलाई सदभाव र अनन्त मैत्री सम्बन्ध भएको देश बताउनु भयो ।

त्यसैगरी एनआरएन आईसिसि सदस्य रविन शेरचनले हाम्रो देश नेपाल चिनाउने फेष्टिवललाई सबैको सहयोगमा प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो ।

आयोजक एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको उदधाटन शत्र महासचिव सिद्दार्थ श्रेष्ठ र उपाध्यक्ष संगिता अधिकारीले संचालन गर्नुभएको थियो भने सास्कृतिक कार्यक्रमहरु देवराज उप्रेती, विशु भन्डारी, रविन शर्मा, सचिन आचर्य, श्याम शितल, एलिजा केसी लगायतले संचालन गरेका थिए ।

नेपाल फेष्टिवलमा निशुल्क स्वास्थ्य शिविर देखि जानकारी दिने स्टल सम्म-

टोकियोमा यो समय प्रचण्ड गर्मी हुने महिनामा पर्छ तरपनि अति गर्मीका विच शुरु भएको १२ औ नेपाल फेष्टिवलमा दर्शकको बाक्लो उपस्थीति रहेको आयोजक एनआरएन जापानले जानकारी दिएको छ ।

दुई दिन संचालन हुने १२औ नेपाल फेष्टिवलमा ब्यवसायीक स्टलहरु, सूचना दिने स्टलहरु र रेष्टुरेन्टका स्टलहरु रहेका छन । आज पहिलो दिन नेपाल आदिबासी जनजाति महासंघ जापानको संयोजनमा जापानमा सक्रिय तूमुधीं जापानको गुरुङ जातीको सास्कृतिक झाकि, नेवारी जातीको कुमारी सहितको लाखे नाच र हनुमान नाच, मगरसंघ जापानको सांस्कृतीक प्रस्तुती, तामाङहरुको तामाङ सेलो, राई लिम्बुहरुको विभिन्न सास्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।

त्यसैगरी नेपालमा चर्चित पन्चेबाजाको प्रस्तुती र नाच नाच्नेहरुको छुट्टै चहल पहल रहेको थियो । पन्चेबाजाको तालमा सबै उमेर समुहका ब्यक्तिहरुले नृत्य गरेका थिए

।

यसैगरी जापानमा कार्यरत नेपाली डाक्टरहरुको उपस्थितीमा निशुल्क स्वास्थ्य शिविरमा पनि स्वस्थ्य जाच गर्नेहरुको रुची देखिएको थियो । दुबै दिन संचालन हुने शिविरमा बिभिन्न विषयको जाचका लागि नेपालीहरु आएको स्वास्थ्य शिविरका संयोजक एलिजा केसीले जानकारी दिनुभयो ।

सबैलाई लोभ्याउने नेपाली घर

नेपाल फेष्टिवलको पहिलो दिन दर्शकहरुले विभिन्न रेष्टुरेन्टको विभिन्न परिकार खादै पन्चेबाज र विभिन्न गायकहरुको गायनमा रमेका थिएभने विभिन्न सेवा दिने स्टलहरुक भने आउने दर्शकलाई रेमिटेन्स, नेट तथा मोबाईल, नेपाली पहिरानका ड्रेसहरु, आर्गानिक उत्पादनहरु सहित जापानका विभिन्न वार्डहरुबाट दिईने सेवा र सूचनाका बारेमा जानकारी दिने स्टलहरुमा सोघपुछ र जानकारीका लागि ब्यस्त देखिन्थे तर त्यहां गएका सबै दर्शक भने पार्कमा राखिएको नेपाली घरमा छुट्ट खालको रनौक र ब्यस्तता रहेको थियो ।

फेष्टिवलको पहिलो दिन सहभागिता जनाएका अघिकांस दर्शकले नेपाली घरको पिढिमा बसेर फोटो खिचे भने अघिकासले सेल्फि सहित टिकटक बनाउन निकै समय खर्चिएका थिए ।

पहिलो दिन विहान ११ बजेबाट शुरु भएको १२ औ नेपाल फेष्टिवलमा, दिनको करिब २ बजेपछि नेपालीहरुको उपस्थिती बाक्लो रहेको आयोजकले जानकारी दिएका छन ।

नेपाल फेष्टिवल शनिबार र आईतबार संचालन हुने छ ।

ताजा समाचार