जापानमा आज बुधबार करिब २ लाख १० हजार जनामा कोरोना पुष्टी हुदा १ सय २९ जनाको मृत्यु

टोकियो

जापानमा अहिले गर्मीको पारो जति तातो भई चढेको छ त्यसैगरी कोरोना संक्रमण हुने दरमा पनि नयॅा नयॅा रेकर्ड बन्ने क्रम जारी रहेको छ ।

बुधबार जापानमा एकै दिन २ लाख १० हजार नजिकको सख्यामा कोरोना संक्रमण पुष्टी हुदा गर्मीको पारो पनि घटने छाटकाट देखिएको छैन । यो हप्ता भन्दा अब आउने हप्ता गर्मी अझै बृद्धी हुन सक्ने अनुमान गरिएको छ ।

जापानको टोकियो,ओसाका, ओकिनावा, खानागावा फुकुओका सहितका शहरहरुमा कोरोना संक्रमण बढि रहदा बुधबार टोकियो ओसाका,फुकुओका, आईची, मिए, वाखायामा,क्योतो, होक्काईदो लगायतका प्रिफेक्चरहरुमा गरि १ सय २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

कोरोना सक्रमण दिन प्रतिदिन बढिरहदा पनि जापान सरकारले तत्काललाई आपतकाल लगाउने सूचना भने जारी गरेको छैन ।

ताजा समाचार