टोकियो
गुरुङ जातीको सांस्कृतिक पर्व रोधी सांझ २०२२ को तयारीमा जुटेको तमुधीं जापानले तयारी तिब्र पारेको जानकारी दिएको छ ।
टोकियो महानगर भित्र धेरै नेपाली बसोबास गर्ने सिन्जुकु वार्डमा हुने कार्यक्रममा नेपाली पप गीतका चर्चित गायक एवं मंगोलिय हर्टका गायक राजु लामाको विशेष प्रस्तुती हुने कार्यक्रमको तयारी तिब्र पारिएको तमुधी जापानका अध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिनुभएको हो ।
धींका अध्यक्ष गुरुङका अनुसार अगष्ट २१ तारिक आईतबार हुने २४ औ रोधीं सांझको आम्दानीबाट बचेको रकम पोखराको काहुडाडामा निर्माण हुन गईरहेको बुद्ध मण्डल पोखरालाई सहयोग गरिने बताउनु भयो ।
अगस्त २१ तारिख आईतबार टोकियोमा हुने कार्यक्रमको प्रायोजकहरु एवं सहयोगि सस्थाहरु जोडिने क्रम जारी रहेको कार्यक्रम संयोजक चित्र गुरुङले जानकारी दिनुभएको छ ।
लामासँगै जापानमा लोकप्रिय व्याण्ड “द मर्करी व्याण्ड” को पनि प्रस्तुती रहने भएको छ ।
सिन्जुकु खाबुकीच्यो (खाल्डो) मा हुन गईरहेको जापानबासीहरुमा तमुहरुको पर्व रोधीं सांझमा सहभागी भईदिनु हुन आयोजकले सबैमा अपिल गरेको छ ।