टोकियो
अनुमान गरेभन्दा धेरै जापानमा कोरोना संक्रमण भयावह अवस्था पुगेको छ ।
जापानमा आज (शुक्रबार) एकैदिन १ लाख ३ हजार ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानिज मिडियाहरुका अनुसार जापानमा कोरोना संक्रमण निकै तेज गतिमा बढिरहनुका साथै यस पटकको कोरोनाले उच्च ज्वरो, शरीरमा अत्यधिक पिडा सहित रुघा खोकि हुने बताईएको छ ।
शुक्रबार १ लाख भन्दा बढीमा कोरोना सक्रमण हुदा आज मात्र ३१ जना संक्रमितहरुको निधन हुन पुगेको छ ।
शुक्रबार टोकियोमा १९ हजार ५९ जना,ओसाकामा ९ हजार ७ सय ४५ जना,खानागावामा ७ हजार ३ जना,आईचीमा ६ हजार ३ सय ५१ जना,साईतामामा ५ हजार ७ सय ५५ जना,चिबामा ४ हजार ९ सय ८३ जना तथा फुकुओकामा ६ हजार ३ सय ५६ जनाको उच्च संक्रमण सहित देशैभर उच्च संक्रमण देखिएको हो ।