पूर्व प्रम आबेको हत्याले छायामा परेको यसपटकको निर्वाचनमा सत्तारुढ दललाइ दुइतिहाइ बहुमत प्राप्त

टोकियो

आईतबार सम्पन्न भएको निर्वाचनमा जापानको सत्तारुढ दलले राम्रो नतिजा प्राप्त गर्दै दुईतिहाई स्थान जित्न सफल भएको छ ।

सोमबार आएको मत परिणम अनुसार माथिल्लो सदनको १ सय २५ सिटका लागि भएको निर्वाचनमा लिबरल डेमोक्र्याटिक पार्टी एक्लैले ६३ सिटमा जित हासिल गरेको छ ।

चुनावी प्रचारका क्रममा पूर्व प्रम तथा लिवरल पार्टिका नेता सिन्जो आबेलाई शुक्रबार विहानै चुनावी सभालाई सम्बोधन गर्ने क्रममा जापानका नारा शहरमा गोली हानी हत्या भएपछी लगत्तै भएको निर्वाचनमा सत्तारुड गठबन्धनले बहुमत प्राप्त गर्न सफल भएको हो । यो जित जापानमा लामो सत्ता संचालन गरेको ‘आबेको बिरासत’का मत भएको धेरै बताएका छन ।

सत्तारुड दलले विभिन्न विषयमा कानुन बनाउन जापानका जनतासग दुईतिहाई मत माग्दै आएको आबेको पार्टिको मागलाई फेरी एकपटक विस्वास गरेका छन ।

ताजा समाचार