टोकियोमा गुरुङ जातीको सास्कृतिक चाड रोधीं सांझ २०२२ को पहिलो पोष्टर सार्वजानिक, चर्चित गायक राजु लामाको विशेष सांगितिक प्रस्तुती हुने

टोकियो

जापानमा गुरुङहरुको साझा संस्था तमुधीं जापानको आयोजनामा २४ औं रोधीं सॉझ २०२२ को तयारी तिब्र बनाएको आयोजकले आईतबार २४ औ रोधीं सांझको पोष्टर सार्वजानिक भएको छ ।

आयोजकले प्रकाशित गरेको पोष्टरमा चर्चित गायक मंगोलिय हर्टका राजुलामाको विषेश प्रस्तुती हुने भएको छ ।

आगमी महिना अगस्त २१ तारिख आईतबार टोकियोको सिन्जुकु वार्डको खाबुकिचोमा आयोजना हुने रोधीं सांझको आईतबार पोष्टर, टिकट सहित प्रचार प्रसारको सामग्रीहरु सार्वजानिक गरिएको तमूधी जापानका अध्यक्ष रमेश गुरुङले जानकारी दिनुभयो ।

तमुधीं जापानको आयोजनमा वार्षिक जनवरीमा ल्होसार साँझ र अगष्ट महिनामा रोधीं साँझ कार्यक्रम आयोजन हुने गर्दछ ।

यस वर्षको रोधीं सांझलाई ब्यबस्थित बनाउन अतिथि सत्कार हर्क तमु, भीम तमु, याम तमु, श्री तमु, अनिता तमु, सौगात तमु, ओम तमु

उपाध्यक्ष जिवन गुरुङ संयोजकत्वमा आर्थिक संकलन उपसमिति स्टेज ब्यबस्थापनमा हर्क तमु, युक्तमान तमु, आरमान तमु, नमस्ते तमु, विनय तमु, मान तमु, प्रदिप तमु, खुशी तमु, प्रिती तमु  त्यसैगरी स्वंय सेवक उपसमितिमा संयोजक (मुकेश तमु), बुद्ध तमु (अन्द्रे) विकास तमु, अशोक तमु, नारन तमु, प्रदिप तमु, अमर तमु, टेकन तमु, आशिष तमु कार्यक्रम संचालनमा युक्तमान तमु,अमर तमु ,अनन्य तमु ,पुनम तमु प्रचारमा  तमु, खेम तमु, विनय तमु, दिनेश तमु, खड्का तमु, युक्तमान तमुलाई जिम्मा दिईएको उपध्यक्ष तथा कार्यक्रम संयोजक चित्र गुरुङले जानकारी दिनुभयो ।

संयोजक गुरुङका अनुसार कोरोना कहरका कारण केहि बर्षयता गर्न नसकेको “रोधीं साँझ” तताउनलाई नेपालको द भ्वाईस अफ नेपालसिजन २/३ का कोच, भर्खरै विश्वको सर्वच्व शिखर सगरमाथा आरोहण गरि फर्किएका नेपाली गीत संगितमा प्रख्यात नाम मंगोलियनहर्टका भोकलिष्ट राजु लामा सहभागि हुने गुरुङले जानकारी दिनु भएको हो । 

लामासँगै जापानमा लोकप्रिय व्याण्ड “द मर्करी व्याण्ड” को पनि प्रस्तुती रहने छ ।

ताजा समाचार