टोकियो
जापानको ईतिहासमा सबैभन्दा बढी समय प्रधानमन्त्री बन्न सफल भएका ६७ वर्षिय सिन्जो आबेलाई गोली प्रहार पछि उपचारका क्रममा शुक्रबार मृत्यु घोषण गरेपछि जापानमा राजनिति तरङगित हुन पुगेको छ ।
को हुन सिन्जो आबे ?
सिन्जो आबेले आफ्नो कार्यकालमा छिमेकीसगको सम्बन्धमा लिएका कठोर एवं आर्थिक नियममा गरेका कडा निर्णयहरुका कारणले सधै चर्चा हुने नेतामा पर्दछन । आबेको जन्म टोकियोमा भएको हो । उनका हजुरबुवा पूर्व प्रधानमन्त्री नोबुसुके किशी थिए, जसले जापान-अमेरिकी सुरक्षा सन्धिलाई नयाँ सिराबाट अघि बढाएका थिए । उनका बुबा शिन्तारो आबे थिए, जो लिब्रल डेमोक्रेटिक पार्टी का महासचिव र विदेश मन्त्री पनि भएका थिए ।
आवेले, सेकेई विश्वविद्यालयबाट स्नातक गरेपछि अमेरिकामा अध्ययन गरेपछि
बुबा शिन्तारो परराष्ट्रमन्त्री हुँदा उनी परराष्ट्रमन्त्रीको सचिवमा चयन भएका थिए ।
शिन्तारो मृत्यु पछि, आवे पुर्णरुपमा राजनीतिक मैदानमा उत्रिए र सन १९९३ मा प्रतिनिधि सभाको चुनावमा तत्कालिन यामागुची १ बाट पहिलो पटक चुनावी दौडमा सहभागी भए । त्यसपछि उनी, प्रधानमन्त्री र राष्ट्रपतिको प्रवेशद्वार मानिने पार्टीको युवा ब्यूरो प्रमुख र सामाजिक सुरक्षाको जिम्मेवारीमा रहेको पार्टीको सामाजिक विभागको अध्यक्षको जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रामा अघि बढ्दै गए ।
विभिन्न राजनीतिक उत्तार चढावहरु झेल्दै जापानको सबैभन्दा ठूलो पार्टी लिब्रल डेमोक्रेटिकको अध्यक्ष तथा शक्तिशाली मुलुक मध्येको एक जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री हुने ऐतिहासिक रेकर्ड बनाएका आवे अन्ततः आज चुनावी अभियानकै क्रममा भाषण गर्दा गर्दै गोली प्रहारका कारण सँधैको लागि ६७ वर्षकै उमेरमा विदा भएका छन ।