टोकियो
अर्घाखाँची समाज जापानले अर्घाखाँची जिल्लाको मालारानी गाऊँ पालिका वार्ड ५ निवासी क्यांसर पिडित बिष्णु पाण्डेलाई थप उपचारमा सहयोग पुर्याउने उदेष्यले आर्थिक सहयोग गरेको छ ।
पाण्डे लामो समयदेखि जिब्रोको क्यान्सरबाट बिभिन्न अस्पतालमा उपचार गराई रहनु भईरहेको छ ।
अर्घाखाँची समाज जापानले आफ्नो स्थापनाकाल देखि नै अर्घाखाँचीमा विविध सहयोग गर्दै आईरहेको र यो पटक पनि पाण्डे परिवारबाट समाजलाई आर्थिक सहयोगको अनुरोध आएकाले सहयोग गरीएको समाजका अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।
समाजले कार्यसमितिका सदस्य हेमन्त रेश्मीको संयोजकत्वमा समिति बनाई छोटो समयमा सहयोग अभियान संचालन गरीएको समाजका कोषाध्यक्ष टोप बहादुर घर्ती मगरले बताउनु भयो । समाजले आफना सदस्यहरूलाई स्व-इच्छाले सहयोग गर्न गरीएको अपीलबाट नेपाली रु ५२,२७४ बराबर संकलित रकम अर्घाखाचीका वरिष्ट पत्रकार एवं समाजसेवी सहयोगी वि. सि. को रोहवरमा समाजका सल्लाहकार डा. बिष्णु खानालका बुवा कृष्ण खनाल मार्फत बिरामी बिष्णु पाण्डेलाई हस्तान्तरण गरीएको अध्यक्ष थापाले जानकारी दिनु भएको हो ।
आफ्नो परिश्रमको थोपा थोपा गरेर जम्मा गरेको रकमबाट यस मानवीय कार्यमा सहयोग गर्ने सम्पुर्ण सहयोगी महानुभावहरुमा अर्घाखाँची समाज जापानले हार्दिक कृतज्ञता ज्ञापन गर्दै साथै आगामी कार्यक्रमहरुमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको छ।
सहयोग गर्नुहुने सहयोगदाताहरू :
1-दिपक थापा – ¥3,000
2-संगिता थापा- ¥2,000
3-बाबुराम पौडेल-¥2000
4-टोप ब घर्ती – ¥2,000
5-हेमन्त रेस्मी – ¥2,000
7-सरोज भुसाल-¥2000
7- केशब रेस्मी – ¥2000
8-डा.बिष्णु खनाल -¥ 5000
9-कृष्ण के सी – ¥2000
10- चेतन घर्ती – ¥2000
11- नेत्र बिष्ट -¥ 2000
12-नन्द बहादुर थापा -¥ 2000
13- कृष्ण आले (क) -¥2000
14-मधु क्षेत्री -¥ 2000
15-तारा पुन -¥2000
16-चेत नारायण थापा -¥2000
17- हरी गौतम -¥ 2000
18-कृष्ण रेस्मी -¥2000
19- करिश्मा थापा क्षेत्री -¥2000
20- हिम ब थापा(अर्जुन )-¥3000
21- नारायण प्रसाद भुसाल -¥2000
22- किसान थापा लामाखर्क-¥2000
23 – नेत्र प्रसाद पन्थी (क ) -¥2000
24- दिल श्रेष्ठ -¥ 2000
25- रामु भुसाल -¥ 2000
26- गोकर्ण क्षेत्री-¥ 2000