म्याग्दी मंगला गाउपालिका ४ बरंजाका ३१ बर्षिय अर्जुन रोक्का मगरको विहीबार जापानको ओसाकामा अन्येष्टी सम्पन्न

टोकियो 

जापानको ओसाकामा आफ्नो कोठामा मृत भेटिएका म्याग्दी जिल्ला मंगला गाउ पालिका ४बरंजाका अर्जुन रोक्का मगरको विहीबार जुन ३० तारिकमा जापानमा नै अन्येष्टी गरिएको छ ।

सात बर्ष अघि बिद्यार्थी भिषामा जापानको ओसाका आएका बर्ष ३१ का अर्जुन, बिद्यार्थीबाट कम्पनीमा कामदार भिषामा भिषा परिवर्तन गरेका थिए । तिन दिदि बहिनीका एक्ला भाई अर्जुनले आउनु भन्दा केहि समय अघि बिवाह समेतगरि जापान आएको पारिवारले जानकारी दिएको छ । 

विहीबार ओसाकामा सम्पन्न भएको अन्येष्टीमा एनआरएन कान्साईका संयोजक दिलिप शर्मा, टिकाराम खरेल, आत्मराम शर्मा, नर बहादुर थापा, मगर संघ नागोया, मोना कान्साई लगायतका संघ सस्थाको उपस्थितीमा सम्पन्न भएको एनआरएन आईसिसिका सदस्य एवं मोना जापानका निर्वातमान अध्यक्ष दिपक कार्किले निपष्क्ष न्यूजलाई जानकारी दिएका छन ।

श्रीमती जापान ल्याउने तयारी गरिरहेका रोक्का दुई दिन देखि काममा नगएपछि काम गर्ने कम्पनीबाट बस्ने कोठामा खोजिका लागिआउदा वासिङ मिसिनको डोरिले घाटीमा बेरीएको अवस्था कोठामा नै मृत भेटीएका थिएभने पोष्टमार्टम रिपोर्टमा आफ्नो मृत्यु आफै रोजेको देखिएको थियो । 

कार्किले दिएको जानकारी अनुसार अर्जुनको मृत्यु पछि कम्पनी लगायतबाट प्राप्त हुन सक्ने बिमा रकमका बारेमा कानुनी तयारी शुरु गरिएको एवं मोना जापानको सक्रियतामा संकलन गरिएको बाकि रकमबाट घरपरिवारलाई पठाईने जानकारी दिएका छन ।

जापानमा बढिरहेको आत्महत्याको घटनालाई न्यूनिकरण गर्न जापानमा क्रियासिल संघ सस्था योजना सहित लाग्नु पर्ने सामाजिक अभियान्ताहरुले बताएका छन ।

ताजा समाचार