टोकियो
प्राण घातक क्यान्सर त्यहि माथि १ लाख रोगि मध्ये १ जनालाई हुन सक्ने “जर्म सेल”क्यान्सरका कारण २६ बर्षको उमेरमा नेपाली युवा केशव खनालको मृत्यू भएको छ ।
अन्तराष्ट्रिय फशेन कलेजमा अध्ययरत खनाललाई क्यान्सर देखिएपछि पहिला जापान त्यसपछि नेपाल हुदै भारतमा उपचार पस्चात नेपाल आई विबाह समेत गरेका थिए । स्वास्थ्वामा सुधार पछि खनाल फेशन विषयमा अध्ययन पुरागरी आफ्नो फेशन कम्पनी बनाउने उदेष्य बनाएको बताईएको छ । खनालको उपचारमा जापान स्थित कलेज र खनालका साथिहरुले कोष स्थापना गरि अर्थ संकलन गरेको थियो ।
जुन २४ मा जन्मदिन मनाउने तयारी गरेका खनाललाई टाउकोमा दुखाईको महशुस भएपछि हस्पिटल लगिएकोमा उपाचारका क्रममा नै जन्मदिनको दिन जुन २४ तारिख उपचारकै क्रममा खनालको मृत्यू हुन पुगेको थियो ।
कोचि टेलिभिजनले मृतक खनालको क्यान्सरसग लडाईलाई प्राथमिकताको साथ प्रशारण गरेको छ । क्यान्सर पत्ता लागेसगै खनालको उपाचारमा सहयोग एवं खनालको आफ्नो फेशन कन्न्पनी स्थापना र श्रीमतीसगै जापान बस्ने चाहान आदि विषयलाई समेटेर समाचारहरु प्रशारण गरेको छ ।