टोकियो
जापानको मौषम विभागले आज मंगलबार पनि टोकियो सहित पश्चिम जापानका भागहरुमा गर्मि कम्तिमा पनि ३४ डिग्री देखि माथि हुने अनुमान गरेको छ ।
टोकियोमा विहान ९ बजे देखि नै ३०/३१ डिग्री सेल्सियस हुने अनुमान रहेको छ ।
दिन प्रतिदिन गर्मी बढदो छभने केहि दिनबाट बर्षा हुननसक्दा अझ गर्मी बढेको अनुभव गर्न सकिन्छ ।
गर्मी बढेसगै जापानमा विद्युत आपूर्तिमा आउन सक्ने समस्याका बारेमा सूचना जारी गरिएको छभने गर्मिमा सचेत रहन, पानि समय समयमा पिउन, शितलता प्रदान गर्ने वस्तुहरुको प्रयोग गर्न अनुरोध गरिएको छ।
सूचनामा परिवारसग टाढा रहेका वृद्द एवं आफनो परिवारमा समय समयमा कुराकानि गरि राख्न पनि सचेत गरिएको छ ।
मौषम विभागले अत्यधिक गर्मिसगै आकस्मात मौषमा हुन सक्ने बदलाभका बारेमा पनि सचेत रहन अनुरोध गरेको छ ।