टोकियो
जापानको चिवा प्रान्तको उरायाशुमा परिवारसंगै बस्दै आएका २७ वर्षीय सुरेश गौतमको उपचारका क्रममा मृत्यू भएको छ ।
बाग्लुङ जिल्ला गलकोट वार्ड नम्बर ९ टिमुरबोट स्थाई ठेगान भएका गौतमको जापानमा ब्रेनट्यूमरको उपचार गराईरहेका थिए । हिजो (मंगलबार) साँझ साकुरा अस्पताल उपचार कै क्रममा गौतमको मृत्यु भएको हो ।
बुवा आमा दिदी बहिनी श्रीमति सहित ७ वर्षीय छोरीसंगै बस्दै आएका गौतमको ब्रेनट्यूमरको समस्या देखिए पछि नियमित उपचारको क्रममा मृत्यू भएको हो ।