टोकियोमा तमूधींले आयोजना गर्नेयस बर्षको रोधींसाँझ २०२२ मा राजु लामा आउने  

टोकियो

टोकियो 

गुरुङहरुको साझा संस्था तमुधीं जापानको आयोजनामा हुने २४ औं रोधीं सॉझ २०२२ मा नेपाली चर्चित गायक मंगोलिय हर्टका राजुलामाको प्रस्तुती हुने भएको छ ।

अगस्त २१ तारिख आईतबार टोकियोमा धुमधामका साथ मनाउने भएको छ । 

तमुधीं जापानको आयोजनमा वार्षिक दुई कार्यक्रम आयोजन हुने गर्दछ । जनवरीमा ल्होसार साँझ र अगष्ट महिनामा रोधीं साँझ हुनेगर्दछ, यो वर्षको रोधीं सॉझ सम्पन्न गर्न तमुधी जापानका उपध्यक्ष चित्र गुरुङको संयोजक रहेको समिति बनाई तयारी तिब्र पारिएको छ। 

संयोजक गुरुङका अनुसार कोरोना कहरका कारण केहि बर्षयता गर्न नसकेको “रोधीं साँझ” तताउनलाई नेपालको द भ्वाईस अफ नेपालसिजन २/३ का कोच, भर्खरै विश्वको सर्वच्व शिखर सगरमाथा आरोहण गरि फर्किएका नेपाली गीत संगितमा प्रख्यात नाम मंगोलियनहर्टका भोकलिष्ट राजु लामा (ज्योज्यो) सहभागि हुने गुरुङले जानकारी दिनु भएको हो । 

लामासँगै जापानमा लोकप्रिय व्याण्ड “द मर्करी व्याण्ड” ले दर्शकलाई झुमाउने भएको छ । 

गुरुङ जातिमा सांस्कृतिक चाडको रुपमा मनाउने रोधींलाई पनि संस्कार र संस्कृति संरक्षण गर्न सहयोगि हुने भन्दै प्रत्येक वर्ष आयोजनागरिने,  तमुधीं जापानको अध्यक्ष रमेश कुमार गुरुङले जानकारी गराउनु भयो । 

धेरै समयको अन्तराल पछि सिन्जुकु खाबुकीच्यो (खाल्डो) मा हुन गईरहेको जापावासी तमुहरुको ऐतिहासिक कार्यक्रम भएकोले सोदिनमा अरु संघ संस्थाहरुको कार्यक्रम नजुधाईदिनु हुन् र सम्पूर्ण तमु एवं गैर तमु दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिकोलागि धींको महासचिव खेम तमुले अनुरोध गर्नुभएको छ ।

ताजा समाचार