जापानको साईतामामा बाग्लुङ जिल्ला काठेखोला घर भएका निलकन्ठ कंडेलको हृदयघातका कारण ४१ बर्षको उमेरमा मृत्यू  

टोकियो 

परिवार सहित जापानको साईतामा तोकोरोजावामा बस्ने निलकन्ठ कडेलको आईतबार विहान हृदयघात भई मृत्यू भएको छ । 

जापानमा जुन महिनाको दोश्रो हप्तामा कडेल सहित तिन जना नेपालीको मृत्यू हुन पुगेको हो । 

श्रीमती  १९ र १७ बर्षका दुई छोरीहरु सहित जापानको साईतामा बस्दै आएका कडेलको आईतबार विहान घरमा नै बेहोस भएपछि ४१बर्षमा नै मृत्यू हुन पुगेको छ । कडेलको १४ बर्षका छोरा भने नेपालमा नै रहेको बिहुकोट समाज जापानका अध्यक्ष घनस्याम कंडेललेनिष्पक्ष न्यूजलाई जानकारी दिएका छन । 

बाग्लुङ जिल्ला काठेखोला – ६ बिहुँ हटिया ठेगाना भएका कडेल कुक भिषामा बिगत ९ बर्षदेखि कार्यरत रहेका थिए ।

परिवारले दिएको जानकारी अनुसार सोमबार २: ३० बजे मृतक कडेलको अन्येष्टी टोकियोको गोतान्दामा हुने भएको छ भने काजक्रियाका लागि सबै परिवार नेपाल जाने बताईएको छ । 

ताजा समाचार